खेल नीति बनाउन निरन्तर लागेका छौँः मन्त्री लिम्बु

खेल नीति बनाउन निरन्तर लागेका छौँः मन्त्री लिम्बु

केन्द्रबिन्दु
0
Shares

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले सरकार खेलाडीहरुले राम्रो सुविधा व्यवस्थापनका लागि नीति निर्माणमा लागेकाे बताएका छन्। 

आज काठमाडौँमा फिटनेसद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अहिले नीतिगत रुपमा गरिएका व्यवस्थाहरु अनुसारका सुविधा प्रयाप्त नभएको भन्दै यसलाई अगाडी बढाउन सरकार दृढ रहेको बताएका हुन्।

‘खेलाडीहरुले पाउनुपर्ने सेवा, सुविधाहरु नीतिगत रुपमा व्यवस्था गरिएको छ। अझ त्यसलाई बढाउनुपर्छ भन्नपक्षमा छु म। त्यतिले पुग्दैन। आगामि दिनमा बजेट बनाउँदा मात्रा बढाएर दुख गरेर देश र जनाको लागि खेलेका खेलाडीहरुको लागि अरु सुविधा बढाउनुपर्छ भन्ने खालको नीति बनाउन लागि परेका छौँ।’ उनले भने,‘म यो सरकाको प्रतिनिधिको रुपमा छु। यो युवा तथा खेलकुद मन्त्रालयको मन्त्री भएको कारणले सकेसम्म सबै खेल विधाहरुको खेलाडिहरुले राम्रो सुविधा पाउन सक्ने राम्रो व्यवस्थापन गर्न सकिने नीति निर्माण गर्ने तर्फ प्रयास गरिरहेको छु।’ 

मन्त्री लिम्बुले सबै खेलसँग  सम्बन्धित संघसस्थाहरुले राम्रोसँग काम कारबाही गर्न नसक्दा खेलाडिहरुरुले पाउनु पर्ने सेवा सुविधाबाट बञ्चित हुनुपरेको टिप्पणी गरे। उनले भने,‘खेलाडीले दुख गरेर मेहेनत गरेको छ पाउनुपर्ने सेवा सुविधा पाएको छैन। कतिपय खेलसंघहरुको पछि किन मन्त्री लाग्यो होला भन्छन्। तर, समग्रमा मन्त्रालयसँग सम्बन्धित खेल संघहरुको के छ भने कति संघले साधारणसभा नै नगर्ने आवधिक रुपमा निर्वाचनपनि नगर्ने त्यसपछि त्यहाँ आवद्ध खेलाडीहरुले सुविधा नपाउने भयो।’

खेलाडीहरुले देशको हित र विकासमा महत्वपुर्ण भूमिका निर्वाह गरेको भन्दै उनीहरुको सेवा, सुविधा बढाउने कुरामा सरकारले कुनै कसुर बाँकी नराख्ने मन्त्री लिम्बुको भनाइ थियो। 

Skip This
Skip This
Logo