नेत्रहिन क्रिकेट प्रतियोगिताको उपाधि वाग्मति काठमाडौंलाई

नेत्रहिन क्रिकेट प्रतियोगिताको उपाधि वाग्मति काठमाडौंलाई

केन्द्रबिन्दु
21
Shares

३२औं अपाङ्गता दिवसको अवसरमा नेत्रहिन क्रिकेट संघ, नेपालले आयोजना गरेको नेत्रहिन क्रिकेट प्रतियोगिताको उपाधि वाग्मति काठमाडौंले जित्न सफल भएको छ । 

बुधवार भएको फाइनलमा टस जितेर फिल्डिङ्ग रोजेको वाग्मतिले कास्कीलाई २० ओभरको निधारित खेलमा १५४ रनको योगफलमा रोकेको थियो । उक्त रन जोड्ने क्रममा कास्कीले ९ विकेट गुमाएको थियो भने कास्कीको लागि सुनिल राना मगरले सर्वाधिक ५३ रन बनाएका थिए । 

वाग्मतिको लागि किरण चलाउनेले २, निश्चल शिवाकोटी, भुपराज पाठक र सुजन श्रेष्ठले १/१ विकेट हात पारेका थिए । 

निर्धारित १५५ रनको लक्ष्य पछ्याएकाे वाग्मतिले १५.५ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टाएकाे थियो । वाग्मतिका लागि भुपराज पाठकले सर्वाधिक ४१ रन बनाएका थिए भने कास्कीका युवराज भण्डारीले २ विकेट हात पारेका थिए। 

मुलपानी क्रिकेट मैदानमा कास्की, म्याग्दी, सिन्धुपाल्चोक, वाग्मति काठमाडौं तथा राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोली बीचमा भएको नेत्रहिन क्रिकेट प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि रास्वपाका सांसद हरि ढकालले विजेता वाग्मति टिमलाई रु ३०००० नगद, सिल्ड, तथा प्रमाणपत्र तथा उपविजेता कास्कीलाई रु १५००० नगद, सिल्ड तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए। 

प्रतियोगिताको प्लेयर अफ द सिरिज सुनिल राना मगर भएका थिए । नेत्रहिन क्रिकेट संघ नेपालका अध्यक्ष पवन धिमिरोले राज्यले समावेशी खेलकुदलाई पक्षपात गरेको अनुभव व्यक्त गर्दै आगामी दिन समावेशी खेलकुद तथा अपाङ्गता भएका खेलाडीहरुको उचित सम्मान हुनुपर्ने आवाज समेत उठाएका थिए ।

Logo