कोपा अमेरिका २०२४ को ‘ड्र’ सार्वजनिक

कोपा अमेरिका २०२४ को ‘ड्र’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

सन् २०२४ को जुनमा हुने कोपा अमेरिका २०२४ को खेल तालिका ‘ड्र’ सार्वजनिक भएको छ।

अमेरिकामा आयोजना हुने उक्त प्रतियोगितामा उत्तर तथा मध्य अमेरिकी राष्ट्रहरु सहभागि हुने छन्। प्रतियोगितामा दक्षिण अमेरिकाबाट १० र उत्तर र तथा मध्य अमेरिकी क्षेत्रबाट ६ गरी कूल १६ राष्ट्रले सहभागिता जनाउने छन्।  सहभागिता जनाउनेछन्।

उत्तर अमेरिकाबाट कोनकाकाफ नेसन्स लिग २०२३–२५ को शीर्ष चारमा रहेका आयोजक अमेरिकासहित मेक्सिको, जमैका र पानामा सिधैं छनोट भएका हुन् भने बाँकी दुई टिमको टुंगो प्लेअफबाट लाग्ने बताइएको छ। 

शुक्रबार बिहान सार्वजनिक ड्र अनुसार साविक विजेता तथा विश्व विजेता अर्जेन्टिना समूह ‘ए’ मा रहेको छ। यस समूहमा पेरु र चिली पनि छन्। कोनकाकाफ क्षेत्रको एक टिम यो समूहमा पर्नेछन्। 

यस्तै समूह ‘बी’ मा मेक्सिको, इक्वेडर, भेनेजुएला र जमैका छन्। समूह ‘सी’ मा आयोजक अमेरिका सहित उरुग्वे, पानामा र बोलिभिया छन्। समूह ‘डी’ मा ब्राजिल, कोलम्बिया, पाराग्वे छन्। यस समूहमा पनि कोनकाकाफ क्षेत्रको एक टिम हुनेछ। 

Skip This
Logo