एसिसी यू–१९ एसिया कपमा अफगानिस्तानले नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित ४९.३ ओभरमा अल आउट हुँदै २६१ रन बनाएको हो । अफगानिस्तानका लागि तेस्रो नंबरमा ब्याटिङमा जम्सिद जद्रानले शतकीय इनिङ योगदान दिए । १५० बल खेलेका उनले ८ चौकाको मदतमा १०६ रन जोडे । त्यस्तै, नुमन साहले ४१ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६० रनको अर्धशतकीय इनिङ खेले ।
बलिङमा नेपालका तीव्र गतिका बलर हेमन्त धामी, गुल्सन झा र सुवास भण्डारीले समान २/२ विकेट लिए । आकाश चन्द र दीपेश कँडेलले एकएक लिए ।





























प्रतिक्रिया