एनसेलले गोकर्ण गल्फ क्लबमा मंसिर २२ र २३ मा आयोजना गरेको ‘एनसेल ओपन गल्फ प्रतियोगिता’काे उपाधि बाबु शेर्पा बाबु शेर्पाले जितेका छन् ।
गोकर्णमा ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिता १२ ह्यान्डीक्यापमा खेलेका शेर्पाले ४२ अंक जोड्दै विजयी भएका हुन् । याेसँगै उनले ट्रफि र सामसङ ग्यालेक्सी जेड फोल्ड फाइभ जित्न सफल भएका छन् ।
४१ प्वाइन्टसहित बराबरमा रहेका प्रदिप केसी र स्वदेश गुरुङबीच ब्याक नाइनमा २३ अंक जोड्दै केसी रनर अफ भए । केसीले पुरस्कार स्वरुप ट्रोफि र फ्लाई दुबईको तर्फबाट दुबईको टिकट प्राप्त गरेका छन् । ३९ ग्रस अंक जोड्दै बेस्ट ग्रसको उपाधि शदभाव आचार्यले जित्न सफल भए । आचार्यले लङ्गेस्ट ड्राइभको पुरस्कार पनि जित्न सफल भए । उनले ट्रोफिसँगै सामसङको ग्याल्याक्सी जेड फ्ल्पि पुरस्कार स्वरुप प्राप्त गरे ।
त्यस्तै ३८ प्वाइन्ट बनाउँदै महिला तर्फको खेलमा तारा कार्की चित्रकार विजयी भएकी छिन् र उनले ट्रोफिसँगै फ्लाई दुबईको तर्फबाट दुबईको टिकट प्राप्त गर्नुभएको छ भने गिता गुरुङ ३२ प्वाइन्ट बनाउँदै महिला तर्फको खेलमा रनरअप भइन् ।
३७ प्वाइन्टको साथ रविन्द्र पुरुष ढकाल सिनियर्स तर्फबाट (६० वर्ष भन्दा माथि) विजयी भएका छन् । त्यस्तै होलको आठ इन्च नजिक बल प्रहार गरेर क्लोजेस्ट टू द पीनको उपाधि ज्ञान बाहादुर धेन्गाले जिते भने नोर्बु शेर्पाले ६ बर्डिज्का साथ मोस्ट बर्डिजको उपाधि जित्न सफल भए ।
यो प्रतियोगिता ३/४ ह्यान्ड्याप स्टेबलफोर्ड ढाँचामा खेलिएको थियो । एनसेलले आयोजना गरेको यस दुई दिने गल्फ प्रतियोगिताले गल्फ खेलाडीहरु तथा यस खेलका पारखीहरुलाई एउटै प्लेटफर्ममा ल्याई प्रतियोगितालाई एक स्मरणीय उत्सव बनाएको छ ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र गोकर्ण गल्फ क्लबका क्याप्टेन सहित अन्य पाहुनाहरुले विजयीहरुलाई पुरस्कार हस्तानतरण गरका थिए ।
गल्फ प्रतियोगितामा आफ्नो उत्साह व्यक्त गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, “यस प्रतियोगितालाई हामीले हाम्रा गल्फप्रेमी ग्राहकहरूलाई एक अनुपम अनुभव प्रदान गर्न सक्षम भएका छौं भन्ने प्रमाणका रूपमा हेरेका छौं । यो केवल एक प्रतियोगिता मात्र नभई सम्बन्धहरु स्थापित गर्ने, मित्रता गाँस्ने र हाम्रा साझेदारहरूसँग दीर्घकालीन सम्बन्धहरू बनाउने कार्यक्रम पनि हो । गोकर्ण फरेस्ट रिसोर्ट, प्रायोजकहरू र यस कार्यक्रमलाई सम्भव बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने हाम्रा सबै साझेदारहरूलाई कृतज्ञता व्यक्त गर्न चाहन्छु । तपाईंहरुको समर्थन र सहयोगी भावनाहरु सफलताका लागि महत्त्वपूर्ण छ ।”
यस प्रतियोगिताबाट एनसेलले रु २ लाख ८६ हजार गल्फ प्रतियोगिताका लागि दर्ता शुल्कवाफत संकलन गर्न सफल भएको छ । संकलित रकममा एनसेलले थपेर हालै कर्णाली प्रदेशमा गएको भूकम्पका कारण क्षतिग्रस्त जाजरकोट र पश्चिम रुकुमको पुनर्निर्माण कार्यका लागि सहयोग स्वरुप प्रदान गर्नेछ ।
एनसेल ओपन गल्फ प्रतियोगितालाई सामसुङ नेपाल, फ्लाई दुबई र फ्लाई दुबई होलिडेस, द टेरेसेस रिसोर्ट एन्ड स्पा, दुसित प्रिन्सेस, कोका–कोला बेभरेजेज् नेपालले सहयोग गरेको थियो । एनसेलले यो गल्फ प्रतियोगिता ६/६ महिनाको एक पटक गरी वर्षमा दुई पटक आयोजना गर्नेछ ।





























प्रतिक्रिया