एभर्टनसँग चेल्सी २-० ले पराजित

एभर्टनसँग चेल्सी २-० ले पराजित

केन्द्रबिन्दु
0
Shares

ईङ्ग्लिस प्रिमियर लिग अन्तर्गत एभर्टनले चेल्सीलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा एभर्टनले चेल्सीलाई २-० गोल अन्तरले पराजित गरेको हो।

एभर्टनको जितमा एडबोउलाए डोउकोउरे र लेविस डोबिनले एक एक गोल गरेका थिए। यो जितपछि एभर्टनको १६ खेलमा १३ अंक भएको छ र लिगमा १७औँ स्थानमा छ।

यस सिजनमा एभर्टनमाथि १० अंकको कारवाही भएका कारण अंकतालिकामा पछाडी रहेको छ। त्यस्तै चेल्सीको भने यस सिजनमा यो सातौं हार हो। १६ खेलमा १९ अंक रहेको चेल्सी १२औ स्थानमा रहेको छ।

Logo