आईडब्लुएफ ग्रान्ड प्रि-२ च्याम्पियनसिपमा सहभागी हुन एक खेलाडीसहित ३ सदस्यीय नेपाली भारोत्तोलन टोली सोमबार कतारको दोहा प्रस्थान गर्दैछ। मंसिर १८ गतेदेखि सुरु भइसकेको प्रतियोगितामा सागर भण्डारीले पुरुष १०९ केजीमाथि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन्।
सागरको खेल भने प्रतियोगिताको अन्तिम दिन मंसिर २८ गते रहेको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जनाएका छन्।प्रशिक्षकमा जीवन गौतम तथा व्यवस्थापकमा रामसुन्दर श्रेष्ठ छन्। टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आइतबार एक कार्यक्रमबीच बिदाइ गरेका हुन्।





























प्रतिक्रिया