काठमाडौँमा जारी नेपाल सुपर लिग (एनएसएल) मा आज पोखरा थण्डर्स र काठमाडौँ रेजर्सबीच प्रतिस्पर्धा हुने भएको छ। पोखरा र काठमाडौँ दुवैको यो पाँचौ खेल हो। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ।
पोखरा यस सिजन अपराजित रहँद शीर्ष चारमा रहेको छ। चार खेलमा दुई जित र दुई बराबरीबाट ८ अंक जोडेको पोखरा तेस्रो स्थानमा छ। उता काठमाडौँ भने चार खेलबाट ५ अंकसहित पाँचौ स्थानमा छ। काठमाडौँविरुद्ध जित हात पारे पोखरा शीर्ष स्थानमा पुग्नेछ र प्लेअफको सम्भावना पनि बलियो हुनेछ।





























प्रतिक्रिया