यू-१९ एशिया कप: आज नेपालको सामना भारतसँग हुने

यू-१९ एशिया कप: आज नेपालको सामना भारतसँग हुने

केन्द्रबिन्दु
0
Shares

युएईको दुबईमा जारी एसीसी यू-१९ एशिया कप अन्तर्गत आज नेपालले भारतको सामना गर्दैछ। यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि सुरु हुनेछ।

यस प्रतियोगितामा नेपालले आफ्ना सुरुका दुवै खेलमा हार बेहोरेको छ। नेपालले पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटको हार बेहोरेको छ भने दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले हार बेहोरेको थियो।

त्यस्तै समूह ए मा रहेको भारतले भने २ मध्ये एक खेलमा जित हासिल गरेको छ एक खेलमा हार बेहोरेको छ। भारतले पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजति गरेको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग ८ विकेटको हार बेहोरेको थियो।

त्यस्तै आज समूह ए अन्तर्गत पाकिस्तान र अफगानिस्तानबीच खेल हुँदैछ। यो खेलपनि नेपाली समय अनुसार बिहान ११:१५ बजेदेखि नै सुरु हुँदैछ।

समूह ए मा पाकिस्तानले २ खेलमा दुवै खेल जितेर ४ अंक हासिल गरेको छ भने भारत र अफगानिस्तानले २-२ खेलमा एक एक खेल जितेर २-२ अंक हासिल गर्दै दोस्रो र तेस्रो स्थानमा रहेको छ। त्यस्तै नेपालले भने दुवै खेलमा हार बेहोरेर अंकविहिन रहेको छ।

Logo