काठमाडौँमा जारी नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौँ रेजर्सले पोखरा थन्डर्समाथि जित निकालेको छ। सोमबार त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको खेलमा पोखरा काठमाडौँसँग २-१ गोल अन्तरले पराजित भएकाे हाे।
पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलको ५७ औँ मिनेटमा आयुष घलानले गोल गर्दै पोखरालाई अग्रता दिलाएका थिए। तर खेलको ८२ औँ मिनेटमा काठमाडौँका जुनियर एनकेनगेले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए।
त्यसपछि इन्ज्युरी समयको तेस्रो मिनेटमा काठमाडाैँका जोकिर शोख्रुखले गोल गर्दै टोलीलाई २-१ ले जिताए। जितसँगै काठमाडाैँ ५ खेलमा ८ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। पोखरा ५ खेलमा ८ अंकसहतितालिकाको चौथो स्थानमा छ।





























प्रतिक्रिया