भारतविरुद्ध नेपालले टस हार्यो

भारतविरुद्ध नेपालले टस हार्यो

केन्द्रबिन्दु
0
Shares

नेपालले एसिसी यू१९ एसिया कपमा भारतसँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ ।

दुबईको आइसिसी एकेडेमी ओभल-२ मैदानमा भएको टसमा भारतले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो। नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।

शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न नेपालले भारतमाथि मिराकल विशाल जित निकाल्न आवश्यक पर्दछ। नेपाललाई मिराकल जित मात्रै पर्याप्त हुनेछैन । उता पाकिस्तानले अफगानिस्तानलाई हराउन पर्छ।

यो अवस्थामा नेपाल, भारत र अफगानिस्तानको समान २ अंक हुनेछ। नेपाल नेटरनरेटमा माथि रहँदै सेमिफाइनल खेल्नसक्छ।

Logo