भारतविरुद्ध नेपालको ६ विकेट पतन, कसैले छुन सकेनन् दोहोरो रन

भारतविरुद्ध नेपालको ६ विकेट पतन, कसैले छुन सकेनन् दोहोरो रन

केन्द्रबिन्दु
0
Shares

एसिसी यू-१९ एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले खराव व्याटिङ गरेको छ । 

दुबईको आइसिसी एकेडेमी ओभल–२ क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले पहिलो १० ओभरको समाप्तिमा ६ विकेट गुमाएर मात्र २२ रन जोडेको छ । नेपालका शिर्षक्रमका ब्याटर आज क्रिजमा टिक्न सकेनन् । 

९ रन बनाउँदा पहिलो विकेटको रुपमा नेपालले ओपनर दिपक बोहरालाई गुमाएको थियो । ४.१ ओभरमा ११ बल खेलेका दिपक १ रनमै क्याचआउट भएका थिए । ६.२ ओभरमा नेपालले तेस्रो खेलाडीको रुपमा क्रिजमा उत्रिएका उत्तमरानामगरलाई पनि गुमायो । पाकिस्तानविरुद्ध राम्रो प्रदर्शन गरेका उनी आज भने शून्य रनमै पवेलियन फर्किए । ७ बल खेल्दा पनि उनले खाता खोल्न सकेनन् । 

७.३ ओभरमा अफगानिस्तानविरुद्ध ९१ रन बनाएका युवा ब्याटर अर्जुन कुमाल ७ रनमा क्याच आउट भए । अर्जुन तीव्र गतिका बलर आराधाय शुक्लाको बलमा कभरमा सट खेल्ने धुनमा मुशिर अहमदबाट क्याच आउट भएका थिए । कप्तान देव खनाल ८.५ ओभरमा २ रनमा क्याच आउट भए । देव एज लागेर विकेटकिपर अरवेली अवानिशबाट क्याच आउट भए । उनले यसअघिका खेलमा पनि राम्रो प्रदर्शन गर्न सकेका थिएनन्  । प्रतियोगितामा उनको प्रदर्शन सम्झनलायक रहेन । लगत्तै अर्को बलमा दीपक डुम्रे बोल्ड आउट हुँदै गोल्डेन डक पवेलियन फर्किए ।

१०औं ओभरको पाँचौ बलमा गुल्सन झा ४ रनमा एलबीडब्लू आउट भए । उनी राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी हुन्, उनी भरपर्दा युवा अलराउण्डर हुन् । तर, उनको अनुभव यस प्रतियोगितामा खासै चल्न सकेन ।

Skip This
Skip This
Logo