फुटसल प्रतियोगितामा राष्ट्रियसभा प्रतिनिधिसभासँग ४ गोलले पराजित

फुटसल प्रतियोगितामा राष्ट्रियसभा प्रतिनिधिसभासँग ४ गोलले पराजित

केन्द्रबिन्दु
0
Shares

१७ औँ संघीय सेवा दिवसको अवसरमा आयोजना भएको फुटसल प्रतियोगितामा  प्रतिनिधिसभाले जित हासिल गरेकाे छ।

मंगलबार बिहान काठमाडौँको भृकुटीमण्डपस्थित एक मैदानमा भएको फुटसल प्रतियोगितामा प्रतिनिधिसभा सदस्यहरूको टोलीले राष्ट्रिय सभाको टोलीलाई ४ गोलले पराजित गरेको हाे। 

प्रतिनिधिसभाको कप्तानमा सभामुख देवराज घिमिरे थिए। यता राष्ट्रिय सभाको कप्तानमा अध्यक्ष गणेश तिमल्सिना थिए। उक्त खेलमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना पनि सहभागी भएकी थिइन्। फुटसल प्रतियोगिता मंसिर २६ र मंसिर २७ गतेको लागि आयोजना गरिएको हो। 

Logo