प्रिमियर लिगमा टोटनह्याम विजयी

प्रिमियर लिगमा टोटनह्याम विजयी

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हटस्पर विजयी भएको छ।शुक्रबार राति भएको खेलमा टोटनह्यामले नटिङघम फरेस्टलाई २-० गोल अन्तरले पराजित गरेको हो। 

जितपछि टोटनह्याम ३३ अंकका साथ तालिकाको पाँचौं स्थानमा रहँदा नटिङघम भने १४ अंकका साथ तालिकाको १६ औँ स्थानमा छ।टोटनह्यामलाई जित दिलाउँदा रिचार्लिसन र डेजन कुलसेभस्कीले एक एक गोल गरेका थिए। पहिलो हाफको अतिरिक्त दोस्रो मिनेटमा रिचार्लिसनले गोल गर्दै टोटनह्यमलाई सुरुआती अग्रता दिलाए। 

६५ औँ मिनेटमा कुलसेभस्कीले गोल गरेपछि अग्रता दोब्बर भयो। त्यसपछि दुवै टिमबाट थप गोल नभएपछि टोटनह्याम २-० को जित निकाल्दै स्पष्ट ३ अंक लिन सफल भयो। प्रिमियर लिग अन्तर्गत शनिबार आज ५ वटा खेल हुने छन्। राति पौने ९ बजे ४ खेल हुँदा सवा ११ बजे एक खेल हुनेछ।

बर्नमाउथ र लुटन, चेल्सी र सेफिल्ड युनाइटेड, म्यानचेस्टर सिटी र क्रिष्टल प्यालेस तथा न्यूक्यासल र फुलह्याम पौने ९ बजे आमने सामने हुनेछन्। त्यसैगरी सवा ११ बजेको खेलमा बर्नले  र एभर्टनले प्रतिस्पर्धा गर्ने छन् । 

Logo