इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमा उक्लिएको छ।
आइतबार राति भएको खेलमा ब्राइटनलाई २-० गोल अन्तरले पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लिएकाे हाे। आइतबार नै लिभरपुल र म्यानचेस्टर युनाइटेडले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेपछि आर्सनल कम्तिमा १ साता शीर्ष स्थानमा रहने छ।
आर्सनलको तालिकामा १७ खेलबाट ३९ अंक भएको छ भने लिभरपुलको ३८ अंक भएको छ। यसैगरी तेस्रो स्थानमा रहेको एस्टन भिल्लाको पनि ३८ अंक भएको छ। समान खेलबाट म्याचनेस्टर सिटी ३४ अंकका साथ तालिकाको चौथो स्थानमा रहेको छ।
आइतबार रातिको खेलमा आर्सनललाई २-०ले जिताउँदा ग्याब्रिएल जेससले ५३ औँ मिनेटमा गोल गर्दा केइ हार्भाटेजले ८७ औँ मिनेटमा गोल गरेका थिए।
यस्तै, एस्टन भिल्लाले ब्रेन्टफोर्डमाथि २-१ गोलको जित निकालेको छ। एस्टनका लागि एलेक्जेन्ड लोपेरा र ओले वाटिकन्सले एक एक गोल गर्दा व्रेन्टफोर्डका लागि कन लेविस पोटरे सुरुमै गरेको गोल भने खेल सकिँदा सान्त्वनामा परिणत भयो। एस्टन ३८ अंकका साथ तेस्रो स्थानमा रहकेो छ।
एस्टनका वेन मी ७१ औँ मिनेटमा रातो कार्ड पाउँदै मैदान छाडेका थिए भने दोस्रो हाफको अतिरिक्त समयमा एस्टनका बुबाकर कमारा पनि रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य बने।
यस्तै, लिभर पुल र म्यानचेस्टर युनाइटेडले गोलरहित बराबरी खेले। दुवै टिमले अंक बाँड्दा लिभरपुलले शीर्ष स्थानमै फर्कने अवसर गुमाएको छ। लिभपुरल दोस्रो स्थानमा छ भने म्यानचेस्टर युुनाइटेड सातौं स्थानमा छ।
यसैगरी अर्को खेलमा वेस्टह्यामले वुल्भरह्याम्पटनमाथि ३-० को एकतर्फी जित निकालेको छ। वेस्टह्याम आठौं स्थानमा उक्लिएको छ भने वुल्भ्स १३ औं स्थानमा छ।































प्रतिक्रिया