स्पेनिस ला-लिगामा बार्सिलोना तेस्रो स्थानमा उक्लियो

स्पेनिस ला-लिगामा बार्सिलोना तेस्रो स्थानमा उक्लियो

केन्द्रबिन्दु
0
Shares

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ।

बुधबार राति भएको खेलमा बार्सिलोनाले अलमेरियालाई ३-२ गोलको कठिन अन्तरले पराजित गरेको हो। बार्सिलोना जितसँगै १८ खेलबाट ३८ अंक बनाउँदै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। पराजित भएको अल्मेरिया भने पुछारमा रहेको छ। 

ला-लिगामा जिरोना ४४ अंकका साथ शीर्ष स्थानमा रहँदा रियल मड्रिड ४२ अंकका साथ दोस्रो स्थानमा छ। शीर्ष दुवै टिमले बार्सिलोनाभन्दा १ खेल कम खेलेका छन्। बार्सिलोनाले घरेलु मैदानमा ३३ औँ मिनेटमा अग्रता बनाएको थियो। राफिनाले  गोल गर्दै अग्रता दिलाएका थिए। 

तर, ४१ औँ मिनेटमा अल्मेरियाका लियोनार्दो कारिचोले गोल गरेपछि  खेल एक एकको बराबरीमा आएको थियो। पहिलो हाफ एक एक गोलको बराबरीमा सकियो।

६० औँ मिनेटमा बार्सिलोनाका लागि सर्जि रोबर्टोले गोल गर्दै अग्रता २-१ बनाए। ७७ औँ मिनेटमा अल्मेरियाका लागि एडगर गोन्जालेजले गोल गरेपछि २-२ को  रोमाञ्चक बराबरीमा आयो।

निर्धारित समय सकिन ७ मिनेट बाँकी रहेका बेला सर्जिले गोल गरेपछि बार्सिलोना ३-२ को अग्रता लिन सफल भयो। त्यसपछि थप गोल नभएपछि बार्सिलोना ३-२ को नतिजाका साथ तालिकामा स्पष्ट ३ अंक थप्न सफल भयो।

ला-लिगा अन्तर्गत नै, भिल्ला रियलले सेल्टाभिगोलाई ३-२ गोल अन्तरले पराजित गरेको छ। जितसँगै भिल्लारियल १९ अंकका साथ तालिकाको १३ औँ स्थानमा रहेको छ भने पराजित भएको सेल्टाभिगो पुछारबाट तेस्रो स्थानमा रहेको छ।

यस्तै, एथ्लेटिको बिलबाओले लस पालमसलाई १-० गोलको अन्तरले पराजित गरेको छ। उक्त गोल दोस्रो हाफको अतिरिक्त चौथो मिनेटमा आएको थियो। जितसँगै एथ्लेटिको बिलबाओ तालिकाको पाँचौं स्थानमा रहेको छ भने लस पालमस नवौं स्थानमा छ।

Logo