वेस्टइन्डिजले इङ्ल्याण्डविरुद्धको टी- २० सिरिज जितेको छ।
गएराती सम्पन्न सिरिजको अन्तिम खेलमा वेस्टइन्डिज ४ विकेटले विजयी भएसँगै सिरिज ३-२ ले विजयी भएको हो। इङ्ल्याण्डले दिएको १३३ रनको लक्ष्य पछाएको वेस्टइन्डिज १९.२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो।
यसअघि पहिला ब्याटिङ गर्दै इङ्ल्याण्डले १९.३ ओभरमा अल आउट हुँदै १३२ रन बनाएको थियो। योसँगै वेस्टइन्डिजले इङ्ल्याण्डविरुद्धको टी-२० सिरिज ३-२ ले जितेको छ। यस सिरिजको प्लेयर अफ द सिरिज फिल साल्ट बनेका छन्।





























प्रतिक्रिया