ललितपुर सिटी नेपाल सुपर लिग (एनएसएल)को क्वालिफायरमा पुगेको छ ।
दशरथ रंगशालामा मंगलबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सलाई ३-० ले हराउँदै ललितपुरले क्वालिफायरमा स्थान पक्का गरेको हो । ललितपुरको जितमा इमोह इजेकेलले २ तथा पापा इबोउले १ गोल गरे ।
अब ललितपुरले फाइनल प्रवेशका लागि क्वालिफायरमा पोखरा थन्डर्ससँग बिहीबार खेल्ने छ । पोखरा पहिलो क्वालिफायरमा धनगढी एफसीसँग टाइब्रेकरमा पराजित भएको थियो ।





























प्रतिक्रिया