न्यूक्यासलमाथि नोट्टीङघम ३-१ ले विजयी

न्यूक्यासलमाथि नोट्टीङघम ३-१ ले विजयी

केन्द्रबिन्दु
0
Shares

ईङ्ग्लिस प्रिमियर लिग अन्तर्गत नोट्टीङघम फोरेस्टले न्यूक्यासल युनाइटेडमाथि शानदार जित हासिल गरेको छ। मंगलबार राति सम्पन्न खेलमा नोट्टीङघमले न्यूक्यासललाई ३-१ गोल अन्तरले पराजित गरेको हो।

नोट्टीङघमको जितमा क्रिस वूडले ह्याट्रिक गरेका थिए। उनले खेलको ४५औँ, ५३ र ६०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए। त्यसैगरी न्यूक्यासलका लागि एक गोल एलेक्जेन्डर इसाकले खेलको २३औँ मिनेटमा फर्काएका थिए।

नोट्टीङघमको यो यस सिजनमा चौथो जित हो। यो जितपछि १९ खेलमा नोट्टीङघमको १७ अंक भएको छ र लिगमा १६ औँ स्थानमा उक्लिएको छ। त्यसैगरी न्यूक्यासलको भने यस सिजनमा यो आठौँ हार हो। यो हारपछि न्यूक्यासलको १९ खेलमा २९ अंक रहेको छ र लिगमा सातौँ स्थानमा रहेको छ।

Logo