जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलको आज दोस्रो क्वालिफायरको खेल हुँदैछ। दोस्रो क्वालिफायरमा आज पोखरा थण्डर्स र ललितपुर सिटीबीच भिडन्त हुँदैछ। यो खेल साँझ साढे ५ बजेदेखि दशरथ रंगशालामा हुँदैछ।
पोखरा पहिलो क्वालिफायरमा पेनाल्टी सुटआउटमा धनगढीसँग पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न लागेको हो भने ललितपुर सिटीले इलिमिनेटरमा काठमाडौँ रेजर्सलाई ३-० गोल अन्तरले पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको हो।
यस खेलको विजेताले फाइनलमा उपाधिका लागि धनगढी एफसीको सामना गर्नेछ। यस सिजनको फाइनल खेल आगामी शनिबार हुने तालिका रहेको छ।





























प्रतिक्रिया