क्रिस्टल प्यालेसमाथि चेल्सी २-१ ले विजयी

क्रिस्टल प्यालेसमाथि चेल्सी २-१ ले विजयी

केन्द्रबिन्दु
0
Shares

ईङ्ग्लिस प्रिमियर लिग अन्तर्गत चेल्सीले क्रिस्टल प्यालेसमाथि संघर्षपूर्ण जित हासिल गरेको छ। गएराती सम्पन्न खेलमा चेल्सीले क्रिस्टल प्यालेसमाथि २-१ गोल अन्तरले पराजित गरेको हो।

चेल्सीलाई खेलको ८९ औँ मिनेटमा नोनी माडुएकेले पेनाल्टीमा निर्णायक गोल गर्दै जित दिलाएका थिए। यसअघि चेल्सीका लागि खेलको १३ औँ मिनेटमा मिखाइलो मुड्रिकले शुरुवाती गोल गरेका थिए भने खेलको ४५ औँ मिनेटमा क्रिस्टल प्यालेसका लागि माइकल ओलिसेले बराबरी गोल गरेका थिए।

यो चेल्सीको यस सिजनमा सातौं जित हो। यो जितपछि १९ खेलमा २५ अंकसहित चेल्सी १० औँ स्थानमा रहेको छ। त्यस्तै क्रिस्टल प्यालेसको भने यस सिजनमा यो नवौं हार हो। यो हारपछि प्यालेसको १९ खेलमा १८ अंक रहेको छ र लिगमा १५औँ स्थानमा रहेको छ।

Skip This
Skip This
Logo