सिरी ए फुटबलः शीर्ष स्थानको इन्टरले जेनोआसँग अंक बाड्यो

सिरी ए फुटबलः शीर्ष स्थानको इन्टरले जेनोआसँग अंक बाड्यो

केन्द्रबिन्दु
0
Shares

इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको इन्टर मिलानले जेनोआसँग अंक बाडेको छ। शुक्रबार राति भएको खेलमा इन्टरले जेनोआसँग एक-एक गोलको बराबरी  खेल्दै अंक बाडेको हो।

इन्टरले सुरुआती अग्रता लिए पनि जोगाउन असफल रह्यो। मार्को अर्नाटोभिकले ४२ औं मिनेटमा गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए।

तर, पहिलो हाफकै अतिरिक्त सातौं मिनेटमा जेनोआले बराबरी गोल फर्काउन सफल भयो। अल्बर्ट गुडमन्डसनको पासमा राडु ड्रागुयनले गोल गर्दै बराबरी गरेका थिए। त्यसपछि थप गोल नहुँदा दुव टिमले एक एक अंक बाँडे।

अंक बाँडेपनि शीर्ष स्थानमा रहेको इन्टरले ५ अंकको अग्रता लिएको छ। इन्टरले १८ खेलबाट ४५ अंक बनाउँदा दोस्रो स्थानमा रहेको युभेन्टसको ४० अंक रहेको छ। जेनोआ २० अंकका साथ तालिकाको १३ औँ स्थानमा छ।

Skip This
Skip This
Logo