इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ। शनिबार राति भएको खेलमा सिटीले सेफिल्ड युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो।
सिटीलाई जिताउन रोड्रिले १४ औं तथा जुलियन अल्भारेजले ६१ औँ मिनेटमा गोल गरेका थिए । जितसँगै सिटी १९ खेलबाट ४० अंकका साथ तालिाको तेस्रो स्थानमा छ।
पराजित भएको सेफिल्ड भने पुछारमा रहेको छ। यसैगरी शनिबार राति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड भने नटिङघम फरेस्टसँग २-१ गोलले पराजित भएको छ।
पहिलो हाफ गोलरहति बराबरीमा सकिएको खेलमा निकोलस डोमिनगुएजले गोल गर्दै ६४ औँ मिनेटमा नटिङघमलाई अग्रता दिलाएका थिए। ७८ औँ मिनेटमा मार्कस रासफोर्डले युनाइटेडलाई बरबरीमा ल्याए।
तर, ८२ औँ मिनेटमा मोर्गन गिब्सले गोल गर्दै नटिङघमको जित पक्का गराए। जितसँगै नटिङघम तालिकाको १५ औँ स्थानमा छ भने पराजित भएको युनाइटेड ७ औँ स्थानमा रहेको छ।
यसैगरी अन्य खेलमा चेल्सीले लुटनलाई ३-२ ले पराजित गर्दा एसटन भिल्लाले बर्नलेमाथि ३-२ कै जित निकालको छ। क्रिष्टल प्यालेसले बे्रन्टफोर्डमाथि ३-१ को जित निकाल्दा वुल्भ्सले एभर्टनलाई ३-० ले स्तब्ध बनायो।





























प्रतिक्रिया