स्टेपिङ स्टोन जुनियर कपको उपाधि विद्याभूषण स्कुलले जितेको छ। फाइनलमा डिस्कोभरी स्कुललाई ३९ रनले पराजित गर्दै विद्याभूषण च्याम्पियन बनेको हो।
विजेता विद्याभूषणले ट्रफीसहित ३० हजार नगद पुरस्कार पायो भने उपविजेता डिस्कोभरीले १५ हजार पायो।टस जितेर पहिले ब्याटिङ गरेको विद्याभूषणले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८३ रन बनाएको थियो।
उसका नबिन शाहले ३० रन जोडे। डिस्कोभरीका अनुपराज गिरीले २ विकेट लिए। जवाफी ब्याटिङमा डिस्कोभरीले १४ ओभरमा सबै विकेट गुमाएर ४४ रनमात्रै जोड्न सक्यो।
प्रतियोगिताको प्लेयर अफ द सिरिज डिस्कोभरी स्कुलका गौरव खड्का चुनिए। यस्तै बेस्ट ब्याट्सम्यान सन्देश गिरी र बेष्ट बलर लोचन खनाल चुनिए। सर्वोत्कृष्ट खेलाडीले नगद २ हजार सहित डिसिएमा निःशुल्क भर्ना सहित ४ महिनाको छात्रवृत्ति पाए।
उत्कृष्ट बलर ब्याटरले एक हजार सहित डिसिएमा निःशुल्क भर्ना सहित २ महिनाको छात्रवृत्ति पाए। उदयीमान खेलाडीले डिसिएमा निःशुल्क भर्ना सहित ट्रफि मेडल र प्रमाण पत्र पाए।
धनगढी क्रिकेट एकेडेमी (डीसिए)को आयोजनामा भएको प्रतियोगिताको मुख्य प्रायोजकमा स्टेपिङ स्टोन इंग्लिस स्कुल रहेको थियो।त्यसबाहेक दीपेन्द्र श्वार मेमोरियल स्ट्रस्ट, माया मेट्रो अस्पताल, गुरुजी सुटिङ सर्टिङ, मालिकार्जुन हार्डवेयर एसपीए कलेज, ब्रेड बक्स क्याफेलगायतले सहयोग गरेका छन्।































प्रतिक्रिया