कराते खेलाडी महर्जन सम्मानित

कराते खेलाडी महर्जन सम्मानित

केन्द्रबिन्दु
0
Shares

कमला कार्की स्मृति प्रतिष्ठानले कराते खेलाडी अन्जली महर्जनसहित विभिन्न क्षेत्रका पाँच जनालाई सम्मान गरेको छ। 

नैकापस्थित ब्राइट फ्युचरमा शनिबार आयोजित कार्यक्रममा कराते खेलाडी  महर्जनसँगै मिस नेपाल २०२० नम्रता श्रेष्ठ, पत्रकार ममता थापा, चन्द्रागिरी नगरपालिका वडा १४ र १५ का धनमाया महर्जन रभगवती खत्रीलाईसम्मान गरिएको हो। सम्मानमा १० हजार १ रुपैयाँनगदसहित प्रशंसापत्र प्रदान गरिएको छ। 

संस्था सम्मानतर्फ नेवारी वाजा खललाई १ लाख १ रुपैयाँसहित प्रशंसा पत्रबाट सम्मान गरियो। कराते खेलाडी महर्जनले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर राष्ट्रको गौरव बढाएकाले सम्मान गरिएको आयोजकले जनाएका छन्।

अन्जलीले नेपालमा भएको सातौं दक्षिण एसियाली कराते प्रतियोगिताको महिला ५० केजीमुनि स्वर्ण जितेकी थिइन्। त्यस्तै, भारतको मुम्बईमा भएको मुम्बई अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पनि तीन पदक जित्न सफल भएकी थिइन्। अन्जलीले एकल र टिम काता तथा कुमुतेमा स्वर्ण जितेकी थिइन्।

पूर्वमन्त्री, लेखक, साहित्यकार एवं समाजसेवी भद्रकुमारी घले, पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, वाग्मती प्रदेशका सांसद् केशव पोखरेल, कमला कार्की स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं ब्राइट फ्युचर स्कुलका प्रिन्सिपल मोहनकुमार कार्कीले सम्मानित हुनेलाई बधाईसहित खादार प्रशंसापत्र प्रदान गरे। 

स्व.कमला कार्कीका छोरा मोहनकुमार कार्कीले आमाको नाममा स्थापना गरेको संस्थाले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गर्दै आएको छ। 

संस्थापक अध्यक्ष मोहनकुमार कार्कीले विभिन्न क्षेत्रमा सफलता हासिल गर्नेलाई आफ्नो संस्थामार्फत सम्मान गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। 

Skip This
Skip This
Logo