एसियन कप फुटबलः अस्ट्रेलियासँग भारत २–० ले पराजित

एसियन कप फुटबलः अस्ट्रेलियासँग भारत २–० ले पराजित

केन्द्रबिन्दु
0
Shares

कतारमा जारी एफसी एशियन कप फुटबलमा अस्ट्रेलिया विजयी भएको छ। शनिबार भएको खेलमा अस्ट्रेलियाले भारतविरुद्ध २–० गोल अन्तरले जित निकालेकाे हाे। 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा अस्ट्रेलियाले दुवै गोल दोस्रो हाफमा गरेको हो। ५० औं मिनेटमा अस्ट्रेलियाले अग्रता बनाउन सफल भयो। भारतीय गोलकिपर गुरप्रित सिंह सन्धूले गल्ती गर्दा त्यसको फाइदा उठाउँदै ज्याक्सन इरविनले गोल गरेका थिए। 

७३ औं मिनेटमा अस्ट्रेलियाका जाडोन बोसले रेलि म्याकेग्रीको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए। त्यसपछि दुवैतर्फबाट थप गोल नभएपछि अस्ट्रेलिया २–० को जितका साथ प्रतियोगितामा सुखद् सुरुआत गर्न सफल भयो।

अस्ट्रेलियन टिम भारतविरुद्ध सुरुदेखि नै हावी भए पनि भारतीय कप्तान सुनिल क्षत्रीले १६ औं मिनेटमा गरेको हेडर पोस्टभन्दा बाहिर गएको थियो। जितपछि समूह बीमा अस्ट्रेलिया ३ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने भारत पुछारमा रहेको छ।
 

Skip This
Skip This
Logo