किलियान एम्बाप्पेले सिजनको १९ औँ गोल गर्दा पेरिस सेन्ट जर्मेनले लिग वानको तालिकाको शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ। आइतबार राति भएको खेलमा पीएसजीले १० खेलाडीमा सीमित लेन्सलाई २–० गोलले हराएको हो।
शनिबार दोस्रो स्थानमा रहेको निस रेनसँग पराजित हुँदै शीर्ष स्थानमा रहेको पीएसजीसँगको अग्रता घटाउने अवसर गुमाएको थियो। यसको फाइदा उठाउँदै पीएसजीले अग्रता फराकिलो बनाउन सफल भएको हो।
खेलको ३० औँ मिनेटमा एम्बाप्पेको पासमा ब्राड्ली बारकोलालले गोल गर्दै टोलीलाई अग्रता दिलाए। पहिलो हाफको अन्त्यमा जोनाथन ग्राडिटले रातो कार्ड पाएपछि लेन्स १० खेलाडीमा सीमित बन्यो।
खेलको अन्त्यतिर एम्बाप्पेले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे। यो सिजन पीएसजी लिगमा एकपटक मात्र पराजित भएको छ। १८ खेलपछि टोलीको ४३ अंक रहेको छ।































प्रतिक्रिया