बेन्जमा इत्तिहादकाे प्रशिक्षण टिमबाट निष्काशित

बेन्जमा इत्तिहादकाे प्रशिक्षण टिमबाट निष्काशित

केन्द्रबिन्दु
0
Shares

साउदी प्रो-लिग क्लब अल इत्तिहाद र स्ट्राइकर करिम बेन्जेमाबीचको सम्बन्ध झन् बिग्रेको छ। बेन्जमाले क्लबमा तोकिएको समयमा प्रशिक्षणमा सहभागी नभएपछि उनलाई दुबई प्रशिक्षण शिविरबाट निष्कासन गरिएको छ।

मार्काका अनुसार फ्रान्सेली स्ट्राइकर बेन्जमाले गत शुक्रबारसम्म क्लबको जेद्दाहस्थित प्रशिक्षण केन्द्रमा पुग्नु पर्नेमा उनी अनुपस्थित रहेका छन्।  बेन्जमा अनुपस्थित भएपछि क्लबका प्रशिक्षक मार्सेलो गालार्डोले दुबई यात्रा गर्ने टोलीबाट उनलाई हटाएको बताइएको छ।

इत्तिहादमा बेन्जमाको लापरवाहीको यो पहिलो उदाहरण भने होइन। उनले २०२३ मा तिन पटकसम्म क्लबको प्रशिक्षण छोडेका थिए। क्लबका अघिल्ला प्रशिक्षक नुनो सान्तोसँगको उनको झगडाले गर्दा पनि क्लबसँग उनको सम्बन्ध राम्रो हुन नसकेको बताइएको छ। तर पनि क्लबले बेन्जमासँगको सम्बन्ध सुधार्न भन्दै नुनोलाई बर्खास्त गरेको थियो। 

नुनो अहिले प्रिमियर लिग क्लब नटिङ्घम फरेस्टमा पुगेका छन्। नुनोलाई बर्खास्त गरेपछि पनि बेन्जमाको क्लबसँग सम्बन्ध नसुध्रिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ।

साउदीमा बेन्जमाको प्रदर्शनलाई लिएर पनि उनको आलोचना भइरहेको छ। उनले आफ्नो क्षमत अनुसारको प्रदर्शन गर्न सकेका छैनन्।साउदीमा सेटल हुन नसकेपछि बेन्जमा फेरी युरोप फर्किन प्रयास गरिरहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ। बेन्जमाले अल इत्तिहादका लागि कुल २४ खेलमा १५ गोल गरेका छन् भने साउदी लिगमा उनले १५ खेलमा केवल ९ गोल गरेका छन्।

Skip This
Skip This
Logo