एएफसी एशियन कप फुटबलमा अस्ट्रेलियाले अन्तिम १६ मा स्थान पक्का गरेको छ ।
समूह ‘बी’मा लगातार दोस्रो खेल जित्दै स्थान पक्का गरेको अस्ट्रेलिया अन्तिम १६ मा प्रवेश गर्ने दोस्रो टिम पनि भएको छ। यसअघि घरेलु टोली कतारले समूह ‘ए’बाट अन्तिम १६ मा स्थान पक्का गरेको थियो।
बिहीबार कतारमा जारी प्रतियोगितामा अस्ट्रेलियाले सिरियालाई १–० गोल अन्तरले पराजित गरेको हो। सिरियाविरुद्ध दोस्रो हाफमा गरेको एक गोल नै अस्ट्रेलियालाई अन्तिम १६ मा स्थान पक्का गर्न पर्याप्त भयो।
अस्ट्रेलियाका लागि ज्याक्सन इर्भिनले ५९ औं मिनेटमा गोल गर्दै जित दिलाए। समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियाले उज्वेकिस्तानसँग खेल्ने छ। पहिलो खेलमा भारतलाई पराजित गरेको थियो।
समूहमा अस्ट्रेलियाले २ खेलबाट ६ अंक बनाएको छ भने उज्वेकिस्तान १ अंकका साथ दोस्रो र सिरिया पनि १ अंकका साथ तेस्रो स्थानमा छ। भारतले भने खाता खोलेको छैन। भारतले उज्वेकिस्तानसँग खेल्ने भएको छ।





























प्रतिक्रिया