पाकिस्तानविरुद्ध न्युजिल्याण्डकाे ४-० को अग्रता

पाकिस्तानविरुद्ध न्युजिल्याण्डकाे ४-० को अग्रता

केन्द्रबिन्दु
0
Shares

पाकिस्तानविरुद्धको पाँच खेलको टी–२० सिरिजमा न्युजिल्याण्डले ४–० को अग्रता बनाएको छ ।

शुक्रबार क्राइस्टचर्चमा भएको खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको हो । पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५८ रन बनाएको थियो । जवाफमा न्युजिल्याण्डले १८.१ ओभरमा ३ विकेट गुमाएर खेल जित्न सफल भयो ।

न्युजिल्याण्डले टस जितेर पाकिस्तानलाई पहिले ब्याटिङ गर्ने मौका दिएको थियो तर उसको सुरुवात खराब रह्यो । ओपनर साम अयुबले १ रन बनाए र दोस्रो ओभरमा नै ५ रनमा रहे । 

दोस्रो ओपनर मोहम्मद रिजवान र बाबर आजमको अनुभवी जोडीले पाकिस्तानको स्कोर ५० रनभन्दा माथि पुर्याए पनि सातौं ओभरमा ५६ रनको स्कोरमा ११ बलमा १९ रन बनाएर बाबर आउट भए । फखर जमान ९ र साहिबजादा फरहानले १ रन बनाएर १३ ओभरमा ८६/४ को अवस्थामा पुर्याए ।

यसैबीच, मोहम्मद रिजवानले एक छेउबाट रन बनाउन जारी राखे र उनले आफ्नो २६ औं टी २० मा ३८ बलमा अर्धशतक बनाए । उनी र इफ्तिखार अहमद (१०) बीच ४० रनको साझेदारी भयो जसले पाकिस्तानको स्कोर १२६ मा पुगेको थियो ।
१८ औं ओभरमा इफ्तिखार आउट भएपछि ब्याटिङमा आएका मोहम्मद नवाजले ९ बलमा तीन छक्का प्रहार गर्दै अविजित २१ रन बनाए र स्कोरलाई १५० भन्दा माथि पु-याउन महत्वपूर्ण भूमिका खेले ।

तर, उनीसँगै क्रिजमा रहेका रिजवानले छिट्टै रन बनाउन सकेनन् र उनको शतक पनि चुक्यो । उनले ६३ बलमा ९० रनको नटआउट पारि खेले । न्युजिल्यान्डका लागि म्याट हेनरी र लोकी फर्गुसनले २–२ विकेट लिए ।

लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्डको सुरुवात निकै खराब रह्यो । शाहीन अफ्रिदीले पहिलो ओभरमा नै १० रन नपुगेसम्म टोलीलाई दुई ठूला झट्का दिए । उत्कृष्ट फर्ममा रहेका फिन एलेन ४ बलमा ८ रन बनाएर आउट भए भने टिम सेफर्ट खाता खोल्नै नखोली आउट भए । २० रनको स्कोरमा अफ्रिदीले विल यंगलाई पनि आफ्नो शिकार बनाए र उनले मात्र ४ रन बनाउन सके । समस्यामा परेको न्युजिल्यान्डलाई ड्यारिल मिचेल र ग्लेन फिलिप्सको जोडीले सम्हालेका थिए ।
 
दुबैले आ–आफ्नो अर्धशतक पूरागरे र त्यसपछि टी २० मा न्यूजिल्याण्डका लागि चौथो विकेटको लागि सबैभन्दा ठूलो साझेदारी गरे र १९ औं ओभरमा आफ्नो टोलीलाई जित दिलाए । मिचेलले ४४ बलमा ७ चौका र दुई छक्का प्रहार गर्दै नट आउट ७२ रनको पारि खेले । ग्लेन फिलिप्सले ५२ बलमा ५ चौका र तीन छक्का सहित नटआउट ७० रन बनाए । न्युजिल्याण्डले गुमाएका तीन वटै विकेट शाहिन अफ्रिदीको नाउँमा रह्यो ।

Logo