प्रिन्स फाइनल प्रवेश

प्रिन्स फाइनल प्रवेश

केन्द्रबिन्दु
0
Shares

प्रिन्स दाहाल योनेक्स सनराइज १० औं पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् ।

प्रिन्सले शनिबार राष्ट्रिय वरियताको शीर्षस्थानमा रहेका त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङलाई पराजित गर्दै फाइलनमा पुगेका हुन् ।

प्रतिस्पर्धात्मक सेमिफाइलमा प्रिन्सले रत्नजितलाई २१–१४, १५–२१, २१–१ ले हराएका थिए । लगातार आठ पटकका विजेता रत्नलाई प्रिन्सले पराजित गरेका हुन् ।

प्रिन्स शुक्रबार मात्रै विश्व जुनियर वरियताको तेस्रो स्थानमा उक्लेका थिए । राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र गोलबजार नगपालिका, सिराहाको संयुक्त आयोजनामा खेल जारी छ ।

Logo