महिला राष्ट्रिय लिगः वालिङ नगरपालिकाद्वारा चन्द्रपुर नगरपालिका पराजित

महिला राष्ट्रिय लिगः वालिङ नगरपालिकाद्वारा चन्द्रपुर नगरपालिका पराजित

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

राजधानीमा जारी महिला राष्ट्रिय लिग फुटबलमा वालिङ नगरपालिका स्याङ्जाले चन्द्रपुर नगपालिकामाथि ३–० को गोल अन्तरले पराजित गरेको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको मैदानमा सम्पन्न खेलमा वालिङलाई जित दिलाउन विदेशी खेलाडीले गोल गरेका थिए । खेलको ३७ औं मिनेटमा क्यामरुनी खेलाडी टोउटा ओर्नेलाले फ्रिकिकबाट गोल गर्दै वालिङलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । पहिलो हाफ सकिने अन्तिम मिनेटमा खेलको ४५ औं मिनेटमा क्यामरुनकै मेथो रुथले गोल गर्दा वालिङले पहिलो हाफमा २–० को अग्रता पाएको थियो ।

खेलको ५४ औं मिनेटमा रुथले व्यक्तिगत दोस्रो गोल गर्दै वालिङलाई ३–० को अग्रता दिलाइन् । त्यसपछि चन्द्रपुरले खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन र वालिङले सहज जित निकाल्न सक्यो ।

मंगलबारको जितसँगै वालिङले जारी लिगमा दोस्रो जित निकालेको छ । जितसँगै वालिङले ६ खेलमा ८ अंक जोडेर तालिकाको चौथो स्थानमा उक्लिएको छ । यस्तै पराजित चन्द्रपुरले ६ खेलमा ३ अंक मात्र जोडेको छ । चन्द्रपुरको यो पाँचौ हार हो । चन्द्रपुर लिगको छैटौं स्थानमा रहेको छ ।

महिला लिगमा बुधबार दुई खेल हुनेछन् । पहिलो खेल चौदण्डीगढी नगरपालिका उदयपुर र विभागीय टोली एपिएफ तथा दिनको दोस्रो खेल नेपाल पुलिस क्लब र विराटनगर महानगरपलिका मोरङबीच प्रतिस्पर्धा हुनेछ । बुधबारका खेलसँगै महिला लिगको संस्करण सकिनेछ ।

Logo