काठमाडौं ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) विरुद्ध लडिरहेका स्वास्थ्यकर्मीप्रति विश्वका फुटबल खेलाडीले सम्मान व्यक्त गरेका छन् । कोरोनाविरुद्ध आफ्नो ज्यानलाई जोखिममा राखेर दिनरात खटिरहेका स्वास्थ्यकर्मीका लागि विश्व भरका ५० महिला र पुरुष फुटबल खेलाडीहरुले तालि बजाएर सम्मान व्यक्त गरेका हुन् ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको एक भिडियोमा खेलाडीहरुले स्वास्थ्यकर्मीका लागि तालि बजाएर सम्मान व्यक्त गरेको देख्न सकिन्छ । फिफाले स्वास्थ्यकर्मीहरु अहिलेको सच्चा नायक रहेका कारण उनीहरुको हौसला बढाउँन र सम्मानमा तालि बजाईएको जनाएको छ ।
फुटबल लिजेण्ड पेले, डिएगो म्यारोडोना, डेभिड बेकह्याम, सर्जियो रामोस, इकर कासिलास, पार्क जी सुङ, भाईचिङ भुटियालगायतका विश्व चर्चित खेलाडीले तालि बजाएर सम्मान व्यक्त गरेका छन् ।
चीनबाट महामारीको रुपमा फैलिएको कोरोनाबाट हालसम्म १ लाख ६५ हजार भन्दा बढी मानिसको ज्यान गईसकेको छ । कोरोनाका कारण विश्वका अधिकांस देशमा लकडाउन जारी छ त्यसैले फुटबल गतिविधि पनि विश्वभर ठप्प भएको छ ।





























प्रतिक्रिया