काठमाडौं ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ विरुद्धको अभियानमा स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले एक मिलियन युरो सहयोग गरेका छन् ।
कोरोना संक्रमणविरुद्व लड्न मेस्सीले बार्सिलोनाको सहर र आफ्नो देश अर्जेन्टिनास्थित रोजारियो सहरका लागि बाँडेर खर्च गर्ने गरी १ मिलियन युरो सहयोग गरेका हुन् ।
मेस्सीले प्रदान गरको सो रकम बार्सिलोनामा रहेको सार्वजनिक अस्पताल, क्लिनिक र अर्जेन्टिनास्थित उनको गृहनगर रोजारियोमा रहेको हस्पिटलले आधा आधा रकम खर्च गर्नेछन् ।
बार्सिलोनास्थित एक अस्पतालले आफ्नो सामाजिक सञ्जालमार्फत मेस्सीले गरेको सहयोगलाई पुष्टि गर्दै कोरोनाविरुद्वको अभियानमा सो रकम खर्च हुने जनाएको छ ।































प्रतिक्रिया