युभेन्टसकाे सहज जित

युभेन्टसकाे सहज जित

केन्द्रबिन्दु
0
Shares

इटालियन सिरी ‘ए’ मा युभेन्टसले सस्सुलोलाई पराजित गरेको छ । गएराति एलिएन्ज एरिना टोरिनोमा भएको खेलमा ३-१ गोलअन्तरले पराजित गर्दै युभेन्टसले लगातार दोस्राे जित  दर्ता गरेकाे हाे ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगियो । खेलकाे ५०औं मिनेटमा डानिलोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । ५८औं मिनेटमा ग्रिगोरेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ८२औं मिनेटमा आरोन राम्सीले गोल गर्दै युभेन्टसलाई २–१ को अग्रता दिलाए ।

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा रोनाल्डोलेगोल गर्दै युभेन्टसलाई ३–१ को सहज जित दिलाए । यो जितसँगै युभेन्टस १६ खेलबाट ३३ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ ।

 

Logo