रोनाल्डिनो प्रकरणमा मेसीको खण्डन

रोनाल्डिनो प्रकरणमा मेसीको खण्डन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले पाराग्वेमा पक्राउ परेका ब्राजिलीयन चर्चित फुटबलर रोनाल्डिनोलाई जेलबाट छुट्टाउन ४ मिलियन डलर खर्च गर्ने समाचारको खण्डन गरेका छन् ।

नक्कली कागजात प्रयोग गरेको अभियोगमा पक्राउ परेका रोनाल्डिनोलाई जेलबाट मुक्त गराउन ४ मिलियन डलर खर्च गर्ने समाचार केही दिन अघि मात्र सामाजिक सञ्जालहरुमा चर्चाको विषय बनेको थियो । मेस्सीले यस कुराको अस्वीकार गरेका हुन् ।

गत साता पक्राउ परेका रोनाल्डिनो र उनका भाई हाल पाराग्वेको जेलमा रहेका छन् । मेस्सीले पूर्व सहकर्मी रोनाल्डिनोलाई जेलमुक्त गराउन मोटो रकम खर्च गर्ने समाचार बाहिरिएको थियो ।

मेस्सीले भने त्यसलाई अस्वीकार गरेको इङ्गलिस मिडिया द सनले जनाएको छ । मेस्सीले रोनाल्डिनोको अवस्थामा सहानुभूति जनाए पनि आर्थिक सहयोग भने नगर्ने बताएको छ ।

मेस्सीले स्पेनिस क्लब बार्सिलोनामा रोनाल्डिनोसँग सँगै खेलेका थिए । पाराग्वेको नक्कली पासपोर्ट बोकेको कारण रोनाल्डिनोसँगै उनका भाइ रोबर्टो पनि पक्राउ परेका थिए । रोनाल्डिनो एक क्यासिनो मालिक नेल्सन बेलोट्टीको निमन्त्रणामा पाराग्वे पुगेको स्थानीय प्रहरीले बताएको छ ।

रोनाल्डिनोसँग अहिले ब्राजिलको पासपोर्ट समेत भएको जानकारीमा आएको छ । सन् २०१८ मा वातावरणीय जरिवानासँगै उनको पासपोर्ट खोसिएको थियो । सन् २००२ मा ब्राजिलले विश्वकपको उपाधि जित्दा रोनाल्डिनो मुख्य खेलाडी थिए ।

फिफा प्लेयर अफ दि इयर, बालोन ‘डी’ओर जस्ता उपाधि जितेका रोनाल्डिनोले बार्सिलोना, एसी मिलान लगायतका क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए ।

Skip This
Skip This
Logo