कोरोनाको आशंकापछि चर्चित फुटबलर रोनाल्डो क्वारेन्टाइनमा

कोरोनाको आशंकापछि चर्चित फुटबलर रोनाल्डो क्वारेन्टाइनमा

केन्द्रबिन्दु
0
Shares

पोर्चुगल ।

कोरोनाको आशंका लागेपछि विश्व चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई क्वारेन्टाइनमा राखिएको छ। इटालीबाट हालै पोर्चुगल गएका उनलाई आफ्नै घरमा क्वारेन्टाइनमा राखिएको हो ।

इटालियन राष्ट्रिय फुटबल टोलीका खेलाडी ड्यानियल रुगानी कोभिड १९ कोरोना भाइरसबाट संक्रमित भएका छन् । समाचारमा जनाइए अनुसार २५ वर्षीय रुगानीको कोरोना भाइरस परीक्षणको नतिजा पोजेटिभ आएको हो ।

रुगानीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि रोनाल्डोलाई क्वारेन्टाइनमा राखिएको डेलीमेल अनलाइनले जनाएको छ। उनले सहकर्मी रुगानीको कपडा फेर्ने कोठा प्रयोग गरेका थिए।

Logo