काठमाडौं ।
मनाङ मस्र्याङ्दी क्लब पोखरामा जारी १८ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा आइतबार भएको दोस्रो क्वाटरफाइनलमा झापा–११ लाई १–० गोल अन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको हो ।
मनाङको जीतमा अन्जन बिष्टले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको दोस्रो हाफमा अन्जनले निर्णायक गोल गरेका थिए ।
अब मनाङले सेमिफाइनलमा त्रिभुवन आर्मी र संकटा क्लबबीचको विजेतासँग खेल्नेछ ।
मनाङ सेमिफाइनलमा पुग्ने दोस्रो टिम हो । यस अघि आयोजक सहारा क्लब र नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगिसकेको छ । प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।































प्रतिक्रिया