नेपालद्वारा थाइल्याण्ड ९ विकेटले पराजित

नेपालद्वारा थाइल्याण्ड ९ विकेटले पराजित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

एसीसी इस्टर्न रिजन टी- २० क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले थाइल्याण्डलाई ९ विकेटले पराजित गरेको छ । थाइल्याण्डले दिएको ६७ रनको लक्ष्य पछ्याएको नेपालले ५.३ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

नेपालका लागि ओपनर युवा ब्याट्सम्यान कुशल मल्लले १८ बलमा ४ चौका र २ छक्का सहित ३६ रन प्रहार गरे । टस जितेर थाइल्याण्डले ब्याटिङ सुरु गरेको आजको खेलमा नेपालले सुरुदेखि नै राम्रो प्रर्दशन गरेको थियो ।

टेर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर ६६ रन बनाएको थियो।

नेपालका लागि करण केसीले ४ ओभरमा १२ रन खर्चिएर ३ विकेट लिएका थिए । यस्तै अभिनाश बोहराले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिएका थिए ।

यस अघि नेपाल लगातार दुई खेलमा पराजित भएको थियो । मलेसिया र हङकङसँग पराजित भएको नेपालले आज तेस्रो खेलमा जीत हात पारेको हो ।

Logo