काठमाडौं ।
ओलम्पीक २०२० एसिया/ओसियाना बक्सिङ्ग क्वालिफाईङ्ग ईभेन्टमा नेपालका मुक्केवाज सनिल साही ६३ के.जी तौल समूहमा क्रिगिस्तानका मुक्केवाज काट्रेवेक उलु अर्जेन) लाई ४–१ को अन्तरले पराजित गर्दै स्पिलिट डिसिजनको आधारमा विजयी भए ।
जोर्डनको अमान शहरमा भईरहेको खेलमा सनिलले पहिलो राउण्ड २–३ को आधारमा हार व्यहोरे पनि ५–० अंकले दोश्रो राउण्डलाई आफ्नो पक्षमा पार्न सफल उनले तेश्रो राउण्ड पनि आफ्नो पक्षमा पारी क्रिगिस्तानका नम्बर १ खेलाडीलाई पराजित गरे ।
अहिले सम्म सम्पन्न कुनै पनि ओलम्पीक क्वालिफाईङ्ग खेलमा नेपाली खेलाडीहरुले आफ्नो जित निकाल्न सकेका छैनन् ।
त्यस्तै ओलम्पीक क्वालिफाईङ्गमा सहभागी नेपालकी अर्काे खेलाडी सुश्री मिनु गुरुङ्गले मार्च ४ मा कोरीयाका खेलाडीसँग ५७ के.जी. तौल समुहमा आफ्नो चुनौती पेश गर्नेछिन् ।





























प्रतिक्रिया