एस्टन भिल्लामाथि लिभरपुलको सहज जित

एस्टन भिल्लामाथि लिभरपुलको सहज जित

केन्द्रबिन्दु
0
Shares

एफए कपमा लिभरपुलले एस्टन भिल्लामाथि सहज जित निकाल्दै चौथो चरणमा प्रवेश गरेकाे छ ।

भिल्लापार्कमा शुक्रबार राति भएको खेलमा लिभरपुलले खेलको चौथो मिनेटमा मानेको गोलबाट अग्रता लिएको थियो । उनले कर्टिस जोन्सको पासमा गोल गरेका थिए । ४१औं मिनेटमा लुोई बारीले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

दोस्रो हाफको ६०औं मिनेटमा ताकुमी मिनामिनोको पासमा जर्जिन्हो वाइनाल्डमको पासमा गोल गर्दै लिभरपुलाई २–१ को अग्रता दिलाए । ६३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै मानेले लिभरपुललाई सहज जिततर्फ अघि बढाए । ६५औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई ४–१ को सहज जित दिलाए ।

Logo