चितवनलाई हराउदै १८ औं इण्डो नेपाल क्रिकेटको उपाधि गोण्डालाई

चितवनलाई हराउदै १८ औं इण्डो नेपाल क्रिकेटको उपाधि गोण्डालाई

केन्द्रबिन्दु
0
Shares

  • अजय मिश्र
    कपिलबस्तु ।

कपिलबस्तुको कृष्णनगरमा रहेको जय नेपाल स्पोर्ट्स क्लब कृष्णनगरद्वारा आयोजित १८ औं इन्डो नेपाल क्रिकेट प्रतियोगिता २०२० को फाइनलमा चितवनलाई हराएर गोण्डा बिजेता भएको छ।

शनिबारको फाइनल प्रतियोगता राम गोरखा मा.बि. बहादुरगंजको खेल मैदानमा चितवन र मित्र राष्ट भारतको गोण्डाबीच प्रर्तिस्पर्धा भएको थियो । जसमा चितवनले टस जितेर ब्याटिंग गर्ने निर्णय लिएको थियो । चितवनले आफ्नो निर्धारित १६ ओभर २ बलमा ९८ रन बनाएर अल आउट भएको थियो र गोण्डालाई ९९ रनको लक्ष्य दिएको थियो।

जवाफमा गोण्डाले १६ ओभरमा ३ विकेट गुमाएर नै लक्ष्य हात पारेको थियो । जसमा नौनित चर्तुवेदीले २५ बाल खेलेर ३१ रन बनाउँदै आफ्नो टीम गोण्डालाई विजय गराए।

विजेता र उपविजेता टीमलाई कृष्णनगरको उद्योग वाणिज्य संघको सभाहलमा पुरस्कार वितरण तथा समापन कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिएको थियो।

उक्त पुरस्कार वितरण तथा समापन कार्यक्रमका प्रमुख अतिथि कपिलबस्तु क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह, विशिष्ट अतिथि कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाह र कार्यक्रमका अध्यक्ष सुहेल खान रहेका थिए।

बिजेतालाई १ लाख, कप र सबै खेलाडीहरुलाई मेडल प्रदान गरिएको थियो भने उपविजेतालाई ५० हजार ,कप र सबै खेलाडीलाई मेडल प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह र कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहद्वारा प्रदान गरिएको थियो । प्रतियोगिताको म्यान अफ द सिरीज गोण्डा टिमका कप्तान चित्रांश रहे । कार्यक्रममा जनप्रतिनिधि ,खेलप्रेमी, संचारकर्मी, बुद्धजीवी, प्रहरी लगायतको उपस्थित रहेको थियो।

Skip This
Skip This
Logo