काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तरगत रुस्लान थ्री स्टार क्लबले न्यूरोड टिम (एनआरटी) माथि जित हासिल गर्दै तेस्रो स्थानमा उक्लेको छ । थ्री स्टारले एनआरटीलाई १–० ले हराएको थियो ।
दिपेश घलेले खेलको अन्त्यतिर गरेको गोल नै निर्णायक बनेको थियो । मिक्छेन तामाङको पासमा दिपेशले पेनाल्टी बक्स भित्रबाट गरेको प्रहार रोक्न एनआरटीका गोलकिपर अजित प्रजापतिले कुनै मौका पाएनन् ।
१२ औं चरणको खेलमा सातौं जित निकाल्दै थ्री स्टार २३ अंकका साथ तेस्रो स्थानमा उक्लेको हो । आर्मीको २९ अंक पुगेको छ भने दोस्रो स्थानको सानमिगेल मछिन्द्र क्लबको २८ अंक छ । आर्मी र मछिन्द्रबीच शनिबार हुने खेल उपाधिको छिनोफानो गर्नेछ ।





























प्रतिक्रिया