काठमाडौं ।
फागुन ९ गते रिलिज हुने नेपाली फिल्म ‘सेन्टी भाइरस’ टिम र चलचित्र पत्रकारवीच च्यारिटी टि ट्वान्टी क्रिकेट म्याच हुने भएको छ ।
चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा फागुन २ गते दुई टिमबीच टिट्वान्टी क्रिकेट हुने भएको हो ।
धुर्मुस सुन्तलीले निर्माण गरेको ‘सेन्टी भाइरस’ले चलचित्रको कुल मुनाफाको ५० प्रतिशत रकम रंगशाला निर्माणमा खर्च गरिने बताइएको छ । क्रिकेट खेल्न इच्छुक चलचित्र पत्रकारहरुलाई सहभागिताको लागि आव्हान पनि गरिएको छ ।
रामबाबु गुरुङले निर्देशन गरेको सिनेमामा कुमार कट्टेल र दीपक आचार्यको लेखन छ । सुबिहानी फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको सिनेमाका लगानीकर्ता डिन्डू लामा ह्याल्मो हुन् । यस खेलले चलचित्र पत्रकार र ‘सेन्टी भाइरस’ टिमबीच आत्मियता बढ्ने आशा लिइएको छ ।































प्रतिक्रिया