प्रोत्साहन भत्ता उपलब्ध गराईदिन माग गर्दै खेलकुदमन्त्रीलाई ध्यानकर्षण पत्र

प्रोत्साहन भत्ता उपलब्ध गराईदिन माग गर्दै खेलकुदमन्त्रीलाई ध्यानकर्षण पत्र

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

गत साउनदेखि रोकिएको प्रोत्साहन भत्ता उपलब्ध गराईदिन माग गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले बुधबार युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

सिंहदरबार स्थित युवा तथा खेलकुद मन्त्रालयमा पुगेर एनएनआइपिएले राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई दिइँदै आएको प्रोत्साहन भत्ता साउन देखि रोकिएको भन्दै यथासिघ्र सम्बोधन गर्न ध्यानकर्षण पत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउनका लागि अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा संघको टोली बुधबार मन्त्रालयमा पुगेको हो । ज्ञापन पत्र बुझेपछि युवा तथा खेलकुदमन्त्री दावा तामाङले खेलाडीलाई उपलब्ध गराउँदै आएको सेवा सुविधा दिलाउनका लागि सहजीकरणको भूमिका खेल्ने बताए।

गत वर्ष नेपालमा नै सम्पन्न भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले ५१ स्वर्णपदक जितेको थियो । तर ती स्वर्ण पदक विजेताले अहिलेसम्म प्रोत्साहन भत्ता पाएका छैनन् । प्रोत्साहन भत्ताका विषयमा कार्यविधिको मस्यौदा तयार गर्न लागि मन्त्री लामाले आफ्नो पहिलो निर्णयका रुपमा ७ सदस्यीय समिति गठन गरेको कार्यक्रममा जानकारी दिए ।

आर्थिक वर्षसम्म प्रत्येक ओलम्पियनले मासिक ४ हजार, एसियाली खेलकुदका पदक विजेताले प्रति पदक ६ हजार र सागका स्वर्ण पदक विजेताले प्रति पदक ६ हजार रुपैयाँ प्रोत्साहन बापत प्राप्त गर्दै आएका थिए ।

Logo