विश्व वरियतामा नेपाली महिला भलिबल ८७औँ स्थानमा

विश्व वरियतामा नेपाली महिला भलिबल ८७औँ स्थानमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।  अन्तरराष्ट्रिय भलिबल महासङघ (एफआइभीबी)ले सार्वजनिक गरेको विश्व वरियतामा नेपालले ८७ औँ स्थान हासिल गरेको छ ।

विश्व भलिबलको सर्वोच्च निकाय एफआइभीबीले आज सार्वजनिक गरेको वरियतामा नेपालको राष्ट्रिय महिला भलिबल टोलीले ८७ औँ स्थान हासिल गरेको हो । एफआइभीबीले अन्तरराष्ट्रिय सहभागिता र सफलताका आधारमा विश्व वरियता निर्धारण गर्दै आएको छ । वरियता क्रममा नेपालको ५७ अङ्क रहेको छ ।

त्यसैगरी वरियता क्रममा भारत ९७ अंकसहित ५४ औँ स्थानमा छ । विश्व वरियताको शीर्ष स्थानमा भने चीन छ । ३९१ अङ्क जोड्दै चीन शीर्ष स्थानमा रहेको हो । ३८२ अङ्क रहेको अमेरिका दोस्रो तथा ३२८ अङक रहेको ब्राजिल तेस्रो स्थानमा छ ।

यस्तै इटाली चौथो, टर्की पाँचौँ, सर्विया छैटौँ जापान सातौँ, रसिया आठौँ, डोमिनिक गणतन्त्र नवौँ र दक्षिण कोरिया दशौँ स्थानमा छन् ।

Skip This
Skip This
Logo