त्रिकोणात्मक सिरिज खेल्नका लागि अमेरिकी क्रिकेट टिम नेपालमा

त्रिकोणात्मक सिरिज खेल्नका लागि अमेरिकी क्रिकेट टिम नेपालमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल, ओमन र अमेरिकाबीच हुने त्रिकोणात्मक सिरिज खेल्नका लागि अमेरिकी क्रिकेट टिम नेपाल आइपुगेको छ ।

अमेरिकी खेलाडीहरुको टिम आइतबार बेलुकी नेपाल एयरलाइन्सबाट नेपाल आएको हो । नेपाल आइपुगेको सो टिमले मुलपानी क्रिकेट मैदानमा अभ्यास खेल खेल्ने बताइएको छ । ओमनको खेलाडी टिम पनि आजै नेपाल आइपुग्ने नेपाल क्रिकेट एशोसिएसन (क्यान) ले जनाएको छ ।

नेपाल आइपुगेको अमेरिकी टिमले यसअघि मुम्वईमा तीन वटा अभ्यास खेल खेलेको थियो । सो टोलीको नेतृत्व शौरभ नेत्रभाल्करले गरेका छन् । लिग २ मा नेपालसहित स्कटल्यान्ड, युएई, ओमान, नामिबिया, पपुवा न्युगिनी र अमेरिका छन् । अमेरिका अहिलेसम्मको अंक तालिकामा पहिलो स्थानमा छ । ८ खेलमा अमेरिकाले ६ खेल जित्दै १२ अंक जोडेको छ भने स्कटल्यान्डको ९, ओमनको ८, नामिबियाको ८ र युएईको ७ अंक छ । पपुवा न्यूगिनी अंकविहीन छ।

आईसीसी विश्वकप क्रिकेट लिग २ बुधबारदेखि सुरु हुनेछ । माघ २९ गतेसम्म हुने खेलहरु त्रिवि क्रिकेट मैदान किर्तिपुरमा हुनेछन् । प्रतियोगितामा ६ खेल हुने बताइएको छ ।

यसअघि सन् २०१४ मा डिभिजन ३ मा नेपाल र अमेरिकाबीच मलेसियामा खेल भएको थियो । त्यस खेलमा नेपालले जित हात पार्दै विश्व क्रिकेट लिग च्याम्पियनसिप, विश्वकप छनोट हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता राष्ट्र बनेको थियो ।

Skip This
Skip This
Logo