काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेण्ड्स क्लबले तेस्रो जित निकालेको छ ।
दशरथ रंगशालामा भएकाे नवौँ चरणको खेलमा च्यासल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै तालिकामा फ्रेण्ड्स क्लब नवौँ स्थानमा उक्लिएको छ ।
फ्रेण्ड्सको ११ अंक छ भने पराजित भएको च्यासल ९ अंकसहित दशौँ स्थानमा झरेको छ । फ्रेण्ड्सलाई जिताउन ८४ औंँ मिनेटमा उत्तम राईले गरेको गोल नै निर्णायक बन्यो ।
विश्व अधिकारीले प्रहार गरेको फ्रि किकलाई च्यासलका किपर बचाउन खोज्दा रिबाउण्ड भएको बललाई उत्तम राईले गोलमा परिणत गरेका थिए ।
यस जितसँगै फ्रेन्ड्सको ९ खेलमा ११ अंक जोड्दै नवौं स्थानमा पुगेको छ । च्यासल भने ९ खेलमा ९ अंक जोड्दै दशौं स्थानमा छ ।































प्रतिक्रिया