काठमाडौं । काठमाडौंमा दोस्रो अन्तर्राष्ट्रिय आत्मरक्षा तालिम सुरु भएको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थका लागी खेलकुद भन्ने नाराका साथ आइतबारदेखि सुरु भएको प्रशिक्षक प्रशिक्षण सम्मेलनमा आत्मरक्षा सम्बन्धी तालिम प्रदान गरिने छ ।
नेपाल सेल्फ डिफेन्सको आयोजनामा सुरु भएको सम्मेलनमा अमेरिकाबाट आएका आत्मरक्षाका ग्राड मास्टरले सम्मेलनमा सहभागी प्रशिक्षकहरूलाई प्रशिक्षण गर्नेछन ।
३ दिन सम्म संचालन हुने अन्तर्राष्ट्रिय तालिममा देशका ३७ जिल्लाका आत्मरक्षा तालीमका कोचहरूको सहभागिता छ । यसअघि सुन्दर पर्यटकीय नगरी पोखरामा सञ्चालन गरिएको आत्मरक्षा तालिम काठमाडौं पश्चात जनकपुरमा सञ्चालन हुने नेपाल सेल्फ डिफेन्स एसोसिएसनकी नेपाल प्रमुख सञ्जु महर्जनले जानकारी गराइन् ।































प्रतिक्रिया