इटालियन सिरी ‘ए’ मा एसी मिलानले ब्रेसियामाथि १–० को जित निकालेको छ। निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा मिलानको जितमा एन्टी रेविकले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।
घरेलु टोलीसँग लगातार दवाव झेलेको मिलानले ७१औं मिनेटमा अग्रता लिन सफल भयो । सब्सिच्युट रेविकले सिक्स यार्ड बक्सबाट गोल गर्न सफल भएका थिए । उनी ५८औं मिनेटमा राफइल लियोको स्थानमा मैदान छिरेका थिए ।
८३औं मिनेटमा स्यामुइल क्यास्टिल्जोले मिलानका लागि अर्काे गोल गरेपनि मान्यता पाएन । ८७औं मिनेटमा मिलानका थियो हर्नान्डेजको प्रहार क्रसबारमा लागेर फर्कियो । त्यसपछि थप गोल निस्कन नसक्दा मिलान १–० ले विजयी हुन सफल भयो ।
जितसँगै मिलान २१ खेलबाट ३१ अंक जोडेर सातौ स्थानमा उक्लिएको छ । ब्रेसिया १५ अंकसहित रेलिगेसन जोनको १९औं स्थानमा छ ।































प्रतिक्रिया